पहिरोले एक परिवार बिस्थापित

पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।

सम्बन्धित सामग्री

दोगडाकेदारमा बाढीपहिरोबाट सात घर जोखिममा, सयाैं किसानकाे खेत बगरमा परिणत

बैतडी : लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाका बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।वडा नम्बर १ रिमको खोलीमा पहिरो जाँदा एक परिवार बिस्थापित भएको छ। आइतबार बिहान घर माथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको हो।बिहान ३ बजेतिर घरमाथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोले खाद्यन्न लगायत अधिकांश सामग्रीहरु पहिरोमै पुरिएको स्थानीय शान्ति प्रसाद जोशीले जानकारी दिए।स्थानीयको सहयोगमा गाईबस्तु अन्यन्त्र सारिएको छ। स

बाढी पहिरोले सुदूर पहाडको जनजीवन अस्तव्यस्त

बाढी पहिरोले सुदूर पहाडको जनजीवन अस्तव्यस्त बनाएको छ। ठाउँठाउँमा पहिरो र नदीहरुमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको हो। आइतबार रातीदेखि परेको अविरल वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूलो क्षती पुर्याएको छ। घर बगाउँदा एक महिला बेपता भएकी छन् भने ६३ परिवार बिस्थापित भएका छन्।

धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ-ठाउँमा सडक अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही परिवार बिस्थापित बनेका छन् । बर्षाका कारण अरुण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेर घर जोखिममा परेपछि महालक्ष्मी नगरपालिका–५ रामबजारका तीन र पहिरोले घरमा क्षति पुर्याएपछि धनकुटा नगरपालिका–१ हिलेका दुई …

पहिरोले गुल्मीमा १५ घर बिस्थापित

गुल्मी : इस्मा गाउँपालिका–४ दोहलीका १५ घर परिवार पहिरोका कारण बिस्थापित भएका छन्। पहिरोका कारण रातापानीका नौ र खासु गाउँका ६ घर परिवार बिस्थापित भएको वडा नम्बर ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए। रातापानीका दलबहादुर घर्ती र धनबहादुर घर्तीको घर पहिरोले बगाएको छ। सोही ठाउँका ओमबहादुर घर्तीको गोठ बगा...

पिस्करमा पहिरो, तीन परिवार बिस्थापित

जिल्लाको दुर्गम भेग त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करको खड्काटोलमा पहिरो लाग्दा तीन परिवार विस्थापित भएका छन् । अविरल वर्षाको बिहान दुई बजे झरेको पहिरोले बस्ती नै जोखिममा परेको हो ।

बाढी र पहिरोको उच्च जोखिममा सिन्धुली

बुद्धकुमार आछामी- सिन्धुलीः मध्यरातमा आएको पहिरोले घर पुर्दा सिन्धुलीमा शनिबार एकै परिवारका चार जनाको मृत्य भयो। दुई जना बाढीले बगाउँदा घाइते भए। लगातारको वर्षाका कारण दर्जनौँ परिवार बिस्थापित भएका छन्। वर्षाका कारण दूधौली नगरपालिका– ५ स्थित सिर्थौलीमा सिर्थौली अस्पतालमा कार्यरत कार्यालय सहयोगी ईन्द्रबहादुर ...

अबिरल बर्षाका कारण पाँचथरको जनजिबन प्रभाबित

पाँचथर । अबिरल बर्षातका कारण पाँचथर जिल्लाको जनजिबन प्रभाबित भएको छ । बाढी पहिरोका कारण तीन दिनदेखि बेपत्ता भएका पाँचथर जिल्ला फालेलुङ–३ का एक परिवारको खोजी जारी रहेको भएतापनि हालसम्म उनीहरुलाई भेट्न सकिएको छैन् । थप पहिरो गएकाले सोही गाउँपालिकाका ५० घर परिवार बिस्थापित भएका छन् । गाउँमा धमाधम पहिरो गएर घरहरु पुर्न थालेपछि आसपासका घरहरु पहिरोको जोखिममा परेका कारण उनीहरुलाई त्यहाबाट सुरक्षीत स्थानमा सारिएको स्थानीय स्थानिय सुरेन्द्र अधिकारीले बताउनुभएको छ । बाढी र पहिरोले दर्जनौ चौपाय मरेका छन् ।