दोगडाकेदारमा बाढीपहिरोबाट सात घर जोखिममा, सयाैं किसानकाे खेत बगरमा परिणत

बैतडी : लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाका बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।वडा नम्बर १ रिमको खोलीमा पहिरो जाँदा एक परिवार बिस्थापित भएको छ। आइतबार बिहान घर माथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको हो।बिहान ३ बजेतिर घरमाथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोले खाद्यन्न लगायत अधिकांश सामग्रीहरु पहिरोमै पुरिएको स्थानीय शान्ति प्रसाद जोशीले जानकारी दिए।स्थानीयको सहयोगमा गाईबस्तु अन्यन्त्र सारिएको छ। स

सम्बन्धित सामग्री

अढाई दशक बित्दा पनि कोशी बाढीपीडितले पाएनन् राहत

विराटनगर । कोशी नदीको बाढीबाट प्रभावित स्थानीयवासीले अढाई दशक बित्दा पनि राहत पाउन सकेका छैनन् । २०६५ साल भदौ २ गते सुनसरीको पश्चिमकुशाहामा सप्तकोशी नदीको पूर्वी तटबन्ध फुट्यो । बाढी पूर्वी तर्फका गाउँहरूमा बस्यो । सात हजार घरधुरीलाई उठीबास लगायो ।  सरकारले नदीले काटेर लगेको र बालुवा पाँच फिट पुरेको ‘रेड एरिया’को खेतको प्रतिबिगाहा २ लाख रुपैयाँ, बालुवाले कम पुरेकाको ‘येलो एरिया’को खेतको प्रतिबिगाहा १ लाख रुपैयाँ र बालीनाली बगाएको ‘ग्रीन एरिया’को खेतको ५० हजार रुपैयाँ प्रतिबिगाहा क्षतिपूर्ति दियो ।  सरकारको घोषणाअनुसार ६ महीनाको रासन दिनुपर्नेमा तीन महीनाको मात्र दिइएको छ । घर बनाउन दिने भनिएको ३० क्युवि काठ र २० हजार रुपैयाँ आधाभन्दा बढी पीडितले अहिले पनि पाएका छैनन् । दुई बाली धान हुने खेतमा अहिले पनि बालुवाले भरिएको छ । पीडितका अनुसार सरकारले बालुवा हटाउने काम गरेन । न बालुवा हटाउन खर्च नै दियो ।  सरकारले क्षतिपूर्ति दिए पनि खेतमा बालुवा भरिएकाले उनीहरूलाई गुजारामा कठिनाइ भएको छ । खेतको बालुवा फालेर ‘लेबलिङ’ गरी जमीनलाई खेतीयोग्य बनाइदिने भनिए पनि काम हुन सकेको छैन । केही पीडितले आफ्नै खर्चमा बालुवा फालेर खेती लगाउन थालेका छन् भने अधिकांश विपन्न सरकारको पर्खाइमा छन् ।  कोशी गाउँपालिका ४ (पहिलेको श्रीपुर ८)का सलिम मन्सुरी २०६५ भदौ २ गतेको बाढीको त्रासदीपूर्ण घटना सम्झिएर अहिले पनि झस्कन्छन् । घरमा बाढीले क्षति पुर्‍यायो भने खेत बगरमा परिणत भयो । ७ हजार तीन सय जनालाई कोशीले घरबारविहीन बनायो । खेत बगरमा परिणत भए । सरकारले तत्काल राहत दिए पनि पैसा खर्च गरेर बालुवा सफा गर्न नसक्नेहरूको खेत अहिले पनि बाँझो छ । सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर सुनसरीका साविक श्रीपुर, हरिपुर र पश्चिम कुसाहा गाविसका ७ हजार तीन सय बासिन्दा प्रभावित बनेका थिए । तर सरकारले घोषणा गरेको राहत उनीहरूले १५ वर्ष बितिसक्दा पनि पाउन सकेका छैनन् । कोशी बाढी पीडित संघर्ष समितिका अध्यक्ष मोहमद वाजुद्दिन मिया बाढी पीडित सुकुमबासीलाई सरकारले दुई कठ्ठा जग्गा र एउटा घर दिने भने पनि १४ सय २२ सुकुमबासी परिवारमध्ये सात सयले मात्र जग्गा पाएको बताउँछन् । तीमध्ये हरिपुरमा दुई सय ३५ परिवारलाई घर र जग्गा दिइए पनि कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले सुकुमबासीका घर भत्काइदिने भएपछि अहिले डरले अधिकांशले त्यहाँको वास छाडेका छन् । ‘रेड एरिया’का जग्गाधनीलाई दुई बालीको क्षतिपूर्ति २९ हजार दुई सय रुपैयाँ प्रतिबिगाहा दिने भनिए पनि १४ हजार रुपैयाँ मात्र दिएको मियाले बताए । ६ महीनाको रासनमध्ये तीन महीनाको मात्र दिइएको र अरू माग्न जाँदा प्रशासनले रकम नै आएको छैन भनेर फर्काउने गरेको उनले सुनाए । ३३ सय ७० परिवारलाई प्रतिपरिवार ३० क्युफिटका दरले काठ उपलब्ध गराउने निर्णय भए पनि १५ सय २८ परिवारले मात्र सो सुविधा पाएको उनको भनाइ छ ।

बगरमा माछा पालन

डँडेलधुरा । २०६३ सालमा डँडेलधुरास्थित रंगुन खोलामा ठूलो बाढी आयो । बाढीले परशुरामको जोगबुढा लगायत नदी तटीय क्षेत्र आसपासको खेतीयोग्य अधिकांश जमीन बगरमा परिणत भयो । परशुराम नगरपालिका–३ ठण्डजालाका स्थानीय कृष्णबहादुर साउदको जमीन बाढीले बगरमा परिणत भएपछि वर्षौंदेखि उपयोगमा आएको थिएन । तर अहिले भने साउदले बगरमै माछा पालन शुरू गरेका छन् । उनले गतवर्षबाट पोखरी निर्माण गरी मत्स्य  व्यवसाय शुरू गरेका हुन् । ‘लामो समयदेखि भारतमै काम गर्दै आएको थिएँ,’ उनले भने, ‘कोराना महामारीले जागीर छुटेपछि घर फर्किएको हुँ । जमीन बाढीले बगर बनाइदिएपछि जीविकोपार्जनका लागि भारतमै भर पर्नुपर्ने अवस्था थियो, अहिले बगरमै माछा पालन शुरू गरेको छु ।’ प्रतिपोखरी आठ सय भुरा हालेर छ ओटा पोखरीमा साउदले माछा पालन गरिरहेका छन् । नगरपालिका र दातृ निकायबाट पोखरी निर्माण र भुरा सहयोग पाएपछि माछा पालन शुरू गरेको साउदले बताए । निड्स नेपालले विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण (स्कोप आर थ्री) परियोजनामार्फत परशुरामका किसानले कृषि, मत्स्य र कुखुरा पालनमा सहयोग पाएका छन् ।   परशुराम नगरपालिकाले पोखरी निर्माण र निड्स नेपालले भुरासहित प्राविधिक सहयोग गरेपछि स्थानीयले व्यावसायिक रूपमा मत्स्यपालन शुरू गरेका हुन् । अहिले यहाँका नौ परिवार व्यावसायिक मत्स्यपालन व्यवसायमा जोडिएका छन् । उनीहरूले खोला बगरको सिमसार क्षेत्रलाई जीविकोपार्जनको माध्यम बनाएका छन् । ‘बाढीले खेत बगाएपछि खेत बगरमा परिणत भएको थियो, बगरको लालपुर्जा भए पनि उब्जनी थिएन् ।’ ठण्डजालाका मत्स्य  पालनमा लागेका अर्का किसान दिपकबहादुर साउदले भने ‘परियोजना र नगरपालिकाले सहयोग गरेपछि बगरमै माछा पालन शुरू गरेका छौं । अहिले गाउँमै माछा विक्री भइरहेको छ ।’ प्रतिकेजी चारदेखि साढे चार सय रुपैयाँमा माछा पोखरीबाटै विक्री हुने गरेको उनको भनाइ छ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बगरलाई सदुपयोग गरी स्थानीयलाई उद्यमी बनाउन कार्यक्रम शुरू गरिएको बताए । उनका अनुसार नदी प्रभावित विपन्न क्षेत्र स्थानीयको जीविकोपार्जनमा परियोजनाले सहयोग गरेको छ । परशुराममा मत्स्य  व्यवसाय फष्टाउन सके यहाँको उत्पादन स्थानीय बजार जोगबुढादेखि धनगढी र महेन्द्रनगरसम्म खपत हुने किसानको आशा छ ।

झरीले मास्यो मार्सी

विश्वकै अग्लो स्थानमा उत्पादन हुने जुम्ली मार्सी धान घर भित्र्याउने बेलामा पानी परेपछि सबै धान बाढीले बगाएको छ । बाढीका कारण जुम्लाको तिला र तातोपानी गाउँपालिकाका केही खेत बगरमा परिणत भएको छ भने किसानलाई मार्सी धानको बीउ जोगाउन समेत मुस्किल परेको छ ।

मार्सी रोपेका खेत बगरमा परिणत

जुम्लाको तिला नदीमा आएको बाढीले यहाँका तीन स्थानीयतहका हजार भन्दा बढी मार्सी रोपेका खेतहरु बगरमा परिणत भएका छन् । चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि पश्चिमको तिला गाउँपालिका त्रिवेणी ज्ुयलाका हजार भन्दा बढी खेतहरु बाढीले डुवानमा परेका हुन् । गोडमेल गरी तीन महिनापछि मार्सीधान घर भित्राउने तयारीमा जुम्ली किसान बाढीले मार्सी रोपेका खेत बगरमा परिणत भएपछि धान उत्पादन घट्ने भन्दै किसान चिन्तीत भएका छन् ।