अमेरिकाका राष्ट्पति जो बाइडनले चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोनाभाइरस चुहिएर महामारी फैलिएको हो कि हैन भन्ने विषयमा तीन महिनाभित्र अनुसन्धान गर्न अमेरिकी गुप्तचर निकायहरूलाई निर्देशन दिएका छन् ।
इराक युद्ध शुरू गर्नुअघि अमेरिकाले यसैगरी इराकमा आमविनाशकारी हतियार छ कि छैन भन्ने विषयमा अनुसन्धान गराएको थियो ।
त्यतिखेर अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाल स्ट्रीट जर्नलका रक्षा संवाददाता माइकल आर गोर्डनले इरानमा आमविनाशकारी हतियारको भण्डार छ भन्ने झूटो खबर दिएर अमेरिकी आक्रमणलाई जायज ठहर गरेका थि...