काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज काेराेनाकाे खाेप मौज्दात रहेको जानकारी दिनुभएको छ । पछिल्लो तथ्याङ्क अनुसार समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् ।
सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् । अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
म...