सरकारले बजारमा सिटामोलको अभाव नभएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बजारमा सिटामोलको अभाव नभएको बताएका हुन् । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत उनले सिटामोलसँगै अन्य कुनैपनि औषधि अभाव नभएको बताए । डा.अधिकारीले सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल रहेको जानकारी समेत दिए । उनले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण रहेको समेत जिकिर गरे । उनले सरकारी अस्पताल र प्रदेशिक स