सरकारले बजारमा प्यारा सिटामोलको अभाव नभएको जिकिर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नभएको बताए । उनले प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा १० लाख ९८ हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलम