सिमकोट : हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ। उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीय बासिन्दा औषधोपचारबाट वञ्चित भएका छन्।‘गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् तर स्वास्थ्य संस्थामा औषधि छैन’‚ स्थानीयवासी मेघराज रोकायाले भने, ‘यसप्रति सरोकारवाला निकायको समेत ध्यान गएको छैन।’ आफू दुई हप्तादेखि बिरामी भएको र स्वास्थ्य संस्थामा जाँदा सामान्य औषधि नपाए