मकवानपुर – बाग्मती प्रदेश युवा परिषद् हेटौँडाले पाँच सय जनालाई रोजगारी दिने गरी तालिम दिन थालेको छ । प्रदेशको काठमाण्डौ उपत्यकाबाहेकका दश जिल्लामा रहेका युवालाई रोजगारी दिने गरी तालिम सुरु गरिएको हो ।
तालिमका लागि तालिमभन्दा पनि रोजगारी दिने गरी तालिमका कार्यक्रमहरू भइरहेको प्रदेश युवा परिषद् हेटौँडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । परिषद्ले चितवनमा ब्युटिसियन र इन्डस्ट्रियल इलेक्ट्रिसियन तालिम दिइरहेको छ । धादिङमा मोबाइल मर्मत र सिलाइबुनाइ, नुवाकोटमा मन्टेस्वरी र सिलाइबुनाइ, काभ्र...