धनगढी : धनगढीमा रोजगारी दिने नाममा ५६ जनालाई ठगी गरेको खुलेको छ। सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी गरेको खुलेको हो। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्राली सञ्चालन गरेका ठग सञ्चालक अमरसिंह धामी भने अहिले फरार छन्।सुदूरपश्चिमका प्रत्येक वडामा कर्मचारी राख्ने भन्दै केन्द्रले विज्ञापन गरेको थियो। विज्ञापनका आधारमा कर्मचारी भर्नाको प्रक्रिया असार ४ गतेबाट सुरु भएको थियो। कर्मचारीका लागि पोसाक, ल्यापटप