महिलालाई छाला जुत्ता सिलाउने तालिम

रोजगारको अवसरसहित महिलाहरूलाई जुत्ता सिलाउने तालिम दिइएको छ । एलाइन्स नेपाल र छाला जुत्ता उत्पादन संघले संयुक्त रूपमा तालिम दिएका हुन् । तालिम जेठ देखि भदौ ४ सम्म हुनेछ । तालिममा एलाइन्स नेपालको ४ लाख र छाला जुत्ता तथा वस्तु उत्पादन संघको २ लाख लगानी रहेको छ । तालिममा २० जनाको सहभागिता रहेको छ । तालिममा छनोट भएकाहरूलाई सिटिइभिटीबाट प्रमाणपत्र प्रदान गरिने संस्थाले जानकारी दिएको छ । प्रशिक्षार्थीहरूलाई रोजगारीको सुविधा पनि संस्थाले नै दिनेछ । संस्थाले महिला, द्वन्द्वपीडित, निम्नआय भएका र अशिक्षितहरूलाई तालिम दिइरहेको छ । तालिम ३–३ महिना गरी २ चरणमा गरिने बताएको छ । दोस्रो चरण साउनको पहिलो हप्तादेखि सुरु हुनेछ । ‘तालिम २ महिना तालिम केन्द्रमै हुनेछ । त्यसपछि १ महिना कारखानामा ओजेटीका रूपका काम गराउनेछौं । ‘तालिमपछि प्रशिक्षार्थीहरूलाई काम खोज्न कतै जानै पर्दैन,’ कार्यक्रम संयोजक रबिन कुमार श्रेष्ठले बताए । ‘छाला जुत्ता सिलाउने कामबाट अन्य पेशाबाट भन्दा बढी आमदानी हुन्छ,’ प्रशिक्षार्थी माया निरौलाले भनिन् । ‘यो तालिमपछि संस्थाले नै रोजगारी दिने हुनाले पनि तालिम लिएँ ।’ अहिलेको पितृसत्तात्मक समाजलाई चुनौती दिन तालिम लिएको उनले बताइन् । अर्की प्रशिक्षार्थी सुमिना श्रेष्ठले यो तालिम लिएपछि यसैलाई पेशाको रूपमा निरन्तरता दिन व्यवसाय सञ्चालन गर्ने बताइन्   वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

सम्बन्धित सामग्री

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा सरकारको नाममा फिर्तासमेत …

नेपाल छाला जुत्ता उत्पादक संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं- नेपाल छाला जुत्ता उत्पादक संघको १३ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्ष हरिराम बोगटीकोअध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि बागमती प्रदेश पर्यटन संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनको रहेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री महर्जनले पुर्ख्याैली छाला उद्योग व्यवसायलाई राज्यले विशेष रूपमा हेर्नु पर्ने बताए। त्यसैगरी, नेपाल छाला जुत्ता […]

हलो जोत्ने किसानलाई छाला जुत्ता किन चाहियो ? भनेर कारखानानै बन्द गराए– केपी ओली

काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीजीकरणका नाममा कांग्रेसले उद्योगहरु बेचेर खाएको आरोप लगाएका छन् । आज (सोमबार) १३४औं मजदुर दिवसको अवसरमा बोल्दै उनले देशमा भएका उद्योगहरुलाई कमिसनका लागि कौडीको भरमा बेचेर देशको अर्थतन्त्र टाट पल्टाउन खोजेको आरोप लगाएका हुन् । ‘हाम्रो देशको दुःखद् पक्ष के छ भने, हिजो जति […]

छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु

काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघद्वारा बुधवारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारासहित बुधबारदेखि आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको हो । फागुण ९ गतेसम्म चल्ने प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले […]

भृकुटीमण्डपमा औद्योगिक मेला जहाँ पाइन्छन् ७७ वटै जिल्लाका उत्पादन

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ ।

भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरू भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघले बुधवारबाट भृकुटीमण्डपमा प्रदर्शनी गरेको हो ।  प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरेकी छन् । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ ।  उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभावलगायत समस्याबाट तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गरिन् । उनले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताइन् । उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने बताइन् ।  प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आवद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिकरूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको आयोजकको भनाइ छ ।  मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको छ । मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला, पुरुष र बालबालिकाका लागि जुत्तालगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरू प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छूटको व्यवस्थासमेत गरिएको छ ।

छाला-जुत्ता व्यवसाय संकटमा

कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटी

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् ।संघकोसाधारणसभाले बोगटीलाई ३ वर्षको लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ । कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा दिलकुमार विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा प्रमेश विसुन्के, […]

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी

३० साउन, काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् । सोमबार सम्पन्न साधारणसभाले बोगटीलाई ३ वर्षका लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दीलकुमार विशंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका […]

भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी (फोटो फिचर)

बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ। ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ सुरु भएको छ।