कास्की – आउँदाे आर्थिक वर्षको पहिलो ६ महिनामा पोखरा महानगरपालिकाले तीन हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज बुधवार आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ६ महिनामा तीन हजार जनालाई रोजगारी दिने बताउनुभएकाे हाे ।
रोजगारीका लागि स्नातक अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यकाे भनाइ छ । महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडीबुटी सङ्कलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भ...