काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने अन्तर्घातीलाई छानबिनपछि कारबाही गरिने बताएका छन् । ‘यसपालि कांग्रेस पराजित होइन, पहिलो पार्टी बनेको छ । यसलाई सफलता नै मान्नुपर्छ । सन्तोष नै मान्नुपर्छ । ९१ सिटमा ६५ भन्दा बढी सिट जित्ने आकलन गरेका थियौं […]