काठमाडौं । नेपाली काँग्रेस नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न छन् ।