जुम्ला- तिलागाउँ पालिका-५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी छ । तिला-३ मा रहेको बर्थिङ सेन्टरमा आउन झन्डै तीन घन्टा लाग्ने भएकाले पनि उनीहरू पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन् […]