घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच

कालिकोट । रास्कोट नगरपालिकाको फुकोट स्वास्थ्य चौकिले सुत्केरी पछी महिलाको घरमै पुगेर चेकजाँच थालेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै स्वास्थ्य चौकि फुकोटले चिकित्सक सहितको टोली सुत्केरी आमाको घरमै पुगेर चेकजाँच सेवा दिएको स्वास्थ्य चौकिले जनाएको हो । सुत्केरी र नवजात शिशुमा बिभिन्न खालका रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले घरमै स्वास्थ्यकर्मी […] The post घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बुटवलमा 'बाआमासँग नगर प्रमुख' कार्यक्रम

ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्न थालेपछि बुटवलका नागरिक खुसी भएका छन् । बुटवल उपमहानगरपालिकाले चिकित्सकसहितको टोलीसहित घरघरमा लगेन चेकजाँच गर्ने अभियान चलाएको छ ।

ज्येष्ठ नागरिकलाई घरमै उपचार

गोरखाको भिमेसन थापा गाउँपालिकामा स्वास्थ्यकर्मीले घर–घरमा गएर स्वास्थ्य परीक्षण गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने ज्येष्ठ नागरिक, अशक्त र अशक्त बालबालिकालाई निःशुल्क चेकजाँच सेवा सुरु गरेका हुन् ।

घर–घरमै बिरामी, मान्दैनन् स्वास्थ्य जाँच गर्न

सर्लाहीमा पछिल्लो समय समुदायस्तरमै कोरोना फैलिएको छ । घरैपिच्छे जस्तो बिरामी छन् । तर पनि कामकाज तथा हिँडडुल गर्न समस्या हुने भन्दै स्वास्थ्य चेकजाँच गर्न मान्दैनन् । कोरोना संक्रमणको जोखिम उच्च रहे पनि खुला सीमाबाट हुने दोहोरो आवत–जावत र भीडभाडमा खासै कमी आउन सकेको छैन ।

संक्रमितका घरमै चिकित्सक

त्रिवेणी गाउँपालिका–३ सेतीपोखरीकी ४६ वर्षीया संक्रमित महिलाको घरमै पुगेर जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले अक्सिजनको मात्रा नापे । अक्सिजनको मात्रा कम भएपछि उनलाई तत्काल जिल्ला अस्पताल पठाइयो । चौरजहारी नगरपालिका–१४ का एकै घरका आमा छोराले पनि घरमै स्वास्थ्य चेकजाँच गर्न पाए भने उनीहरूलाई घरमै औषधि दिइयो ।

संक्रमितको घरमै पुगेर औषधी वितरण गर्दै वीरेन्द्रनगर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, वडा सदस्यहरू र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य सामग्री वितरण गरेका हुन् । स्वास्थ्य सामग्री दिनेसँगै स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन पनि गर्ने गरिएको नगपालिकाले जनाएको छ । कोरोना संक्रमित होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायत गुनासा आउन थालेपछि नगरपालिकाले कोरोना किटसँगै अनुगमनलाई पनि तीव्रता दिएको हो । संक्रमितको घरमै पुग्ने स्वास्थ्य टोलीले बिरामीको अक्सिजन लेभल नियमित चेकजाँच गर्छ । अक्सिजनको मात्रा कमी भएकालाई आफैंले सञ्चालन गरेको नगर अस्पतालमा ल्याएर उपचार गराउन थालिएको नगरपालिकाले जनाएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार सोमबार, बुधबार र शुक्रबार निःशुल्क पिसिआर परीक्षणका साथै संक्रमण बढी देखिएका वडा–२, ३, ८ र १२ मा एन्टिजेन परीक्षणलाई पनि तीव्रता दिइएको छ । नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवासहितको २५ बेडको कोभिड अस्पतालसमेत सञ्चालन गरिरहेको छ । नरपालिकाले पारासिटामोल, जिंक चक्की, एजिथ्रोमाइसीन, भिटामिन बी र सी, जीवनजल, साबुन, कोलगेट, ब्रससहितको कोरोना किट तयार पारेको छ । ‘संक्रमितको घरमै पुगेर बिरामीलाई आवश्यक औषधि र परामर्श दिने गरिएको नगरप्रमुख सुवेदीले बताए । ‘जनप्रतिनिधि स्वास्थ्यकर्मीको टोली लिएर संक्रमितको अवस्था बुझ्ने तथा औषधीलगायत सामग्री वितरणमा जुटेका छौं’, नगरप्रमुख सुवेदीले भने । पछिल्लो तथ्यांकअनुसार वीरेन्द्रनगरमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सयभन्दा बढी छ । प्रदेशभर सबैभन्दा बढी कोरोना संक्रमित वीरेन्द्रनगरमा छन् ।

होम आईसोलेसनमा बसेका बिरामीलाई घरघरमै पुगेर औषधि वितरण

वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई घरघरमै पुगेर औषधि वितरण गर्न थालेको छ । अस्पतालमा शय्या तथा अक्सिजन अभावको समस्या देखिएको समयमा अधिकांश संक्रमित यतिबेला घरमै आइसोलेसनमा छन् । त्यस्ता संक्रमितको स्वास्थ्यमा थप समस्या नआओस् भनेर नगरपालिकाले औषधि वितरण थालेको हो ।नगर उपप्रमुख मोहनमाया ढकालका अनुसार नगरपालिकाले संक्रमितको नियमित स्वास्थ्य चेकजाँच र घरघरमै गएर औषधि तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ । रातोपाटीसँग उनले भनिन्, ‘अक्सिजनको मात्रा कमी भएको खण्ड

सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो

हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ । तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा । घरमै सुत्केरी हुँदा आमा÷बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो । जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन... The post सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो appeared first on Purbeli News.

तुलसीपुर उपमहानगरपालिका भित्रका सुत्केरीलाई अण्डा वितरण

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले  सुत्केरीलाई घरमै गई स्वास्थ्य चेकजाँच गर्नुको साथै अण्डा वितरण गर्न शुरु गरेको छ। लकडाउनको अवधिमा सुत्केरी भएकालाई  घरमै गई पोषणका लागि अण्डा वितरण गर्न शुरु गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताए। सुत्केरी भएको अवधिमा धेरै पोषणयुक्त खाना चाहिने तर लकडाउनले गर्दा उपल...

चिकित्सकको टोलीद्वारा किरिया घरमै पुगेर स्वास्थ्य परीक्षण

काठमाडौं : चिकित्सकहरूको टोलीले काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाइनफ्लूको नमुना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ। काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उ...

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवासहित पौष्टिक आहार र भत्ता घरघरमा

रुपन्देही – बुटवल उपमहानगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य चेकजाँच र पौष्टिक आहारसहित भत्ता घरमै पुगेर उपलव्ध गराउन सुरु गरेको छ। अशक्त तथा बिरामी...