सुर्खेत : हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।दैनिक रुपमा कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै हुम्ला चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्। हातपात गर्ने रोकाया पेसाले शिक्षकसमेत हुन् भने स्वास्थ्यकर्मी कालीबहादुर बुढा चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्। कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको र दैनिक रुपमा चेकजाँच गर्न घरमा नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मीमाथि हातपात गरेका स्वा