मानव विकास सूचकांकको पुछारमा रहेका मधेशका मुसहर, चमार र डोम समुदाय बाहुल्य क्षेत्रकेन्द्रित सरकारी तथा गैरसरकारी संस्थाका परियोजनाहरू उपलब्धिमूलक बन्न सकेका छैनन् । दशकौंदेखि तिनको कमजोर आर्थिक–सामाजिक अवस्थितिलाई देखाएर विभेदबाट मुक्ति दिलाउन, विपद्बाट बचाउन तथा जीविकोपार्जन, आवास, शिक्षा लगायतको सुनिश्चितताका लागि ठूलो लगानी हुँदै आएको छ । यद्यपि लक्षित समुदायसम्म यसको लाभ पुगेको देखिन्न ।