काठमाण्डाै – धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा अस्ति विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मको लागि निषेधाज्...