धनुषाको जनकपुरधाममा शनिवार भएको प्रदर्शनमा साम्प्रदायिक सद्भाव भड्काउन घुसपैठ भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले दावी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरामा झडप भएपछि निषेधाज्ञा लागु गरिएको छ । छठ पर्वको तयारी गर्दा रुपैठा स्थित पोखरीमा घाट बनाउने विषयमा विवाद शुरु भएको थियो । शनिवार हिन्दुबादी संघ–संगठनले मोटरसाइकलसहित प्रदर्शन गरेका थिए । शनिवारको प्रदर्शनमा घुसपैठ भएको र त्यसबारे छानबिन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रातोपाटीलाई बता