जनकपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा ६ जना घाइते, प्रशासनद्वारा निषेधाज्ञा जारी

काठमाडौं : धनुषाको जनकपुरधाम नगरपालिका वडा नं २० देवपुरा रुपैठा टोलमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ।सो क्षेत्रमा साम्प्रदायिक सद्‍भावमा खलल पुग्ने गरी नारा जुलुस गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसास बास्तोलाले सो क्षेत्रमा कुनै प्रकारका नारा जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी आज दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेका हुन्।छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच