केपी शर्मा ओली र माधव नेपाल सँगसँगै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बस्नुभएको छ । २०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनुभएको थिएन । माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो । 

सम्बन्धित सामग्री

सत्ता गठबन्धनबाटै ‘कर्नर’ मा माधव नेपाल

काठमाडौँ : नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाल सँधै सत्ता वा नेतृत्वमा बस्ने रुचाउने नेता हुन् । उनी जहाँ जतिसुकै सम्मानित भएपनि उनलाई कुर्सी र फूर्ति बराबर चाहिन्छ । एमालेबाट फुटाएर नयाँ पार्टी बनाउनुको उनको तात्पर्य नै अध्यक्ष बन्नु थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला संसद् […]

बालकोट वार्ता बिथोलिए एकता पक्षधर माधव नेपाल समूहमै !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहितसँग पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन्। अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना लगभग सकिएको बताएका बेला एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका […] The post बालकोट वार्ता बिथोलिए एकता पक्षधर माधव नेपाल समूहमै ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपाल पक्षलाई माफी दिन नहुने ओली पक्षका सांसदको भनाइ

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन् । मंगलबार काठमाडौंमा भएको ओली पक्षका सांसदहरुको अनौपचारिक छलफलमा सहभागी सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने धारणा राखेका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप […]

बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि माधव नेपाल समूहको दबाब

बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो ।केन्द्रमा पार्टी एकताले गति लिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि एमालेको माधव नेपाल पक्षले दबाब बढाएको हो । प्रदेश सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री डोरमणि पौडेल एमालेमा ओली पक्षका नेता हुन् । प्रदेशसभामा एमालेको प्रस्ट बहुमत

गालीगलौज बन्द गरी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय

नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्ताव

कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुधवार साझ २ घण्टा लामो भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरी स्थित म्यारिअट होटलमा भेटवार्ता राति सवा ९ बजेसम्म चलेको थियो । वार्ता स्थलबाट माधव नेपाल बाहिरिएका छन् । कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल बाहिरिएका थिए ।

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् । माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...

किन बालुवाटार जान मानेनन् माधव नेपाल ?

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]

माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

काठमाण्डाै – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेको छ । काठमाण्डौमा बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो ।अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो । नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञ...

एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यको अनौपचारिक भेला चल्दै

काठमाण्डाै – नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यको अनौपचारिक भेला गरेको छ । नयाँ बानेश्वरको एक होटलमा भइरहेको भेलामा अध्यक्ष केपी शर्मा ओली पक्षसँग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् । भेलामा माधव नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने फैसला गरेसँगै माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । केही समय अघिसम्म...