बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो ।केन्द्रमा पार्टी एकताले गति लिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि एमालेको माधव नेपाल पक्षले दबाब बढाएको हो । प्रदेश सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री डोरमणि पौडेल एमालेमा ओली पक्षका नेता हुन् । प्रदेशसभामा एमालेको प्रस्ट बहुमत