काठमाण्डाै – फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् ।
माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका ने...