काठमाण्डाै – नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यको अनौपचारिक भेला गरेको छ । नयाँ बानेश्वरको एक होटलमा भइरहेको भेलामा अध्यक्ष केपी शर्मा ओली पक्षसँग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।
भेलामा माधव नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने फैसला गरेसँगै माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
केही समय अघिसम्म...