काठमाडौं : जन्मिने बित्तिकै बेचिएका जुम्ल्याहा दिदी बहिनीको १९ वर्षपछि भेट भएको छ।यी दिदी बहिनीको नाम एमी खवितिया र एनोसर तानिया हो। सोसल मिडियामार्फत उनीहरूको चिनजान भएको थियो। यी दुई दिदीबहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढा बस्दथे। उनीहरूलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन तर एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट सोका कारणले उनीहरूबीच भेट भयो। एमीले जर्जिया गट ट्यालेन्ट नामक टेलिभिजन रियालिटी सो हेरिरहेकी थिइन्।