ठेकेदारको लापरबाहीले समयमै खाद्यान्न ढुवानी नहुँदा हिमाली जिल्ला मुगु र जुम्लाका खाद्य गोदाम रित्तिएका छन् । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्लास्थित गोदाममा ३ सय २५ र मुगुमा ७ सय क्विन्टल चामल मात्र मौज्दात छ । त्यो पनि आपत्कालीन अवस्थाका लागि जगेडा राखिएपछि स्थानीयले ढुवानी अनुदानको चामल पाउन सकेका छैनन् ।