गाउँका खाद्य डिपोमा शून्य मौज्दात,सदरमुकामका खाद्यान्न गोदाम रित्तिँदै

बीर बहादुर बम,मुगु ।  हिमाली जिल्ला मुगुका सोरू ,रातपानी , पुलु डिपोमा खाद्य मौज्दात शून्य अवस्थामा छ भने सदरमुकाम गमगढीको खाद्यान्न गोदाम  समेत रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्न अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र […]

सम्बन्धित सामग्री

मुगुका खाद्य डिपोमा सकियो चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खाद्य गोदाममा चामल सकिएपछि जिल्लाभरि बिक्री वितरण बन्द भएको छ । गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानी गर्न ठेक्का स्वीकृत नभएकाले सबै खाद्य गोदाम रित्तिएका हुन् ।

गाउँमा शून्य मौज्दात, सदरमुकामका खाद्य गोदाम रित्तिँदै

मुगु । हिमाली जिल्ला मुगुका सोरू, रातपानी, पुलु डिपोमा खाध्य मौज्दात शून्य अवस्थामा छ भने सदरमुकाम गमगढीको खाद्यान्न गोदामसमेत रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको […]

सरकारले धान खरीद गर्ने मूल्य निर्धारण गरेसँगै बढ्यो धान बेच्नेको भीड

पुस २७, वीरगञ्ज । सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ ।  सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार ९०२ रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्टल रू. दुई हजार ४००  छ  । यसरी निजीस्तरका उद्योगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरीद गर्न थालेपछि बारा र पर्साका किसानको सोना मन्सुली धान विक्री गर्न कार्यालयमा भीड लागेको कार्यालय प्रमुख विकास कटुवालले जानकारी दिए ।  यसपाली सरकारले किसानबाट धान खरीद गर्ने मूल्यमा निजीस्तरका  उद्योगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत मिलेको नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी शाहले बताए ।  व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरीद गर्दै आएको हो । कार्यालयका अनुसार यसवर्ष यस कार्यालयले सोना मन्सुली धान १५ हजार क्वीन्टल खरीद गर्ने लक्ष्य छ ।  यद्यपि हालसम्म करीब नौ हजार सोना मन्सुली धान खरीद गरिसकिएको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए ।  कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।  कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच ओटा गोदाम रहेको छ । रासस

मुगुमा ६ हजार क्वीन्टल खाद्यान्न माग

मुगु जिल्लामा रहेका खाद्यान्न तथा व्यापार कम्पनी शाखाको गोदाम र जिल्लामा रहेका खाद्यान्न डिपोमा खाद्यान्न मौज्दात नभए पछि तत्कालका लागि मुगु जिल्लामा ६ हजार क्वीन्टल खाद्यान्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवाइ मार्ग वा सडक मार्गबाट भएपनि छायाँनाथरारा नगरपालिकामा २ हजार क्वीन्टल, सोरुमा १५ सय, खत्याडमा १५ सय र मुगु मकार्मारोङ […]

अनुदानको चामल: बीच बाटोमा बिक्री, गोदाम रित्तो

कालिकोट :  नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने  चामल बीच बाटोमा नै बिक्रि गर्ने गरेको पाइएको छ। नेपाल खाद्य संस्थान डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौँ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट...