धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दसैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी नगर्दा खाद्य गोदाम रित्तिएका हुन् ।