मुगुमा खाद्यान्नले गोदाम भरि भराउ, खाद्यान्न संकट नहुने अनुमान

मुगु– हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरि भराउ भएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरूमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन । विगतका वर्षहरूमा प्राय शाखा कार्यालय सँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले  भरि भराउ भएको कार्यालयले जनाएको छ । पछिल्लो समय कार्यालय र […]

सम्बन्धित सामग्री

टेलिकमको कवाडी लिलाममा अनियमितता आशंका : जोगिनलाई नक्कली गोदाम खडा

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीबाट एक करोड ६ लाख मूल्यको तामाजन्य (स्क्रप कपर केबल) कवाड सामग्रीमा राजस्व छली भएको पाइएको छ । टेलिकमका कर्मचारी, ठेकेदार कम्पनी र केही प्रहरी अधिकृतको मिलेमतोमा निकासी हुँदै गरेको अनुमान गरिएको उक्त सामग्री कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको टोलीले नियन्त्रणमा लिएपछि एकपछि अर्को गर्दै रहस्य खुल्दै गएका छन् ।

टेलिकमको कवाडी लिलाममा अनियमितता आशंका : जोगिनलाई नक्कली गोदाम खडा

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयअन्तर्गतको दूरसञ्चार कार्यालय, गेटा कैलालीबाट एक करोड ६ लाख मूल्यको तामाजन्य (स्क्रप कपर केबल) कवाड सामग्रीमा राजस्व छली भएको पाइएको छ । टेलिकमका कर्मचारी, ठेकेदार कम्पनी र केही प्रहरी अधिकृतको मिलेमतोमा निकासी हुँदै गरेको अनुमान गरिएको उक्त सामग्री कैलालीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी र सशस्त्रको टोलीले नियन्त्रणमा लिएपछि एकपछि अर्को गर्दै रहस्य खुल्दै गएका छन् ।

हेटौँडामा विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी

मकवानपुर - हेटाैँडामा रहेकाे नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गाेदाममा गएराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीकाे अनुमान छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएकाे क्षतिबारे यकिन जानकारी आएकाे छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि...

करिब पाँच घण्टामा आठ दमकलले यसरी नियन्त्रणमा लिए भृकुटीमण्डपको आगलागी

काठमाडौंः बुधबार दिउँसो भृकुटीमण्डपमा ठूलो आगलागी भएको छ। कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति उच्च रहेको प्रहरीको अनुमान छ। आगलागी र क्षतिबारे अध्ययन भइरहेको प्रहरीले जर्नाको छ।  भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषदको गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृतिम मानव अंग राखिएको गोदाम घरमा आगलागी भएको थियो। दिउँसो करिब २ः३०…

दाङमा चप्पल गोदाममा आगलागी‚ एकजना घाइते

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाम भएको घरमा आगलागी भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीमा परी एकजना घाइते भएका छन्। गोदामभित्र तीन जना रहेको अनुमान आफन्तले गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए। घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ।विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बिहीवार राति करिब २ बजे आगलागी भएको जानकारी पाएको डिएसप

तयार भयो चोभार सुक्खा बन्दरगाह

काठमाडौं । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस (कोभिड १९) लगायत कारणबाट निर्माणमा ढिलाइ भएको थियो । २२० रोपनी जग्गामा फैलिएको यो बन्दरगाह निर्माणका लागि रू. १ अर्ब २८ करोड लागत अनुमान गरिएको थियो तर निर्माण सम्पन्न भइसक्दा भने करिब डेढ अर्ब खर्च भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बन्दरगाह निर्माण भइसकेको भन्दै उनले अब यहाँ भन्सार, क्वारेन्टाइन, सुरक्षासम्बन्धी व्यवस्था, बैंक जस्ता स्टेक होल्डरहरू ल्याउने तयारी भइरहेको बताए । ‘यो बन्दरगाह नाकाभन्दा टाढा भएको हुँदा वीरगञ्जको बन्दरगाह हुँदै सामान काठमाडौं ल्याउनुपर्छ,’ गजुरेलले भने, ‘त्यसमा सुरक्षाका विषयदेखि भन्सारले गर्ने तयारीहरूसम्म पर्छन् ।’ कहिलेदेखि सञ्चालन गर्न सकिन्छ अझै यकिन नभएको उनको भनाइ छ । यो सुक्खा बन्दरगाहमा तीनओटा गेट, तीनओटा भवन (भन्सार, क्वारेन्टाइन र प्रशासनिक), तीनओटा ठूला गोदाम, भन्सार प्रयोजनका लागि संरचना, पार्किङ र्‍याड, कन्टेनर पार्किङ र्‍याड निर्माण भई तयारी अवस्थामा छन् । यसैगरी उक्त बन्दरगाहमा ५०० ओटा कन्टेनर पार्किङ गर्न सकिन्छ भने सोही संख्यामा अन्य सवारीसाधनहरू पनि पार्किङ गर्न सकिन्छ । बन्दरगाह बनेसँगै काठमाडौंका व्यवसायीहरूले आफ्ना सामान यही ल्याएर उपभोक्तालाई छिटो अवधिमै उपलब्ध गराउन पाउनेछन् । यसले लजिस्टिक मूल्य पनि घटाउन मद्दत गर्छ । वीरगञ्ज बन्दरगाहबाट सीधै चोभार बन्दरगाहमा सामान ल्याउँदा केकतिले लजिस्टिक मूल्य घट्छ भन्ने विषयमा पनि अध्ययन गरिने उनको भनाइ छ ।

वर्षेनी विश्वमा २.५ अर्ब टन खाद्यान्न खेर जान्छः अध्ययन

काठमाडौं। विश्वमा एक वर्षमा २.५अर्ब टन खाद्यान्न खेर जाने गरेको तथ्य एक अध्ययनले बाहिर ल्याएको छ। वल्र्ड वाइल्डलाइफ फण्ड र बेलायतको टेस्को प्रालिले गरेको अध्ययनले उक्त मात्रामा खाद्यान्न खेतबारी,गोदाम,पसल र घरमा खेर वा सडेर जाने गरेको देखाएको हो। यसअघि नखाई खेर जाने खाद्यान्न१.३अर्ब टन हुनसक्ने अनुमान रिएको थियो। तर अध्ययनले अनुमान गरिएभन्दा१.२अर्ब टन बढी खाद्यान्न खेर जाने गरेको देखाएको छ।

टीकापुरमा बेवारिसे बम भेटियो

धनगढी : कैलालीको टीकापुरमा बेवारिसे बम फेला परेको छ। टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि बम फेला परेको हो।नाला निर्माणका लागि खाद्य गोदाम रोडमा स्काभेटरले खन्ने क्रममा सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण वमले जानकारी दिए।आल्मुनियमको भाँडोमा कालो टेप र तार बेरिएको सकेट बम भेटिएको छ। उक्त बम सशस्त्र युद्धकालमा राखिएको हुन सक्ने प्रहरीको अनुमान छ। बम डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको निरीक्षक वमले बताए। बम भेटिएको