युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । रुस र युक्रेनले एकअर्कालाई बम विष्फोट गरेको आरोप लगाइरहेका बेला बिहीबार आपत्कालीन बैठक बस्न लागेको हो । रुसको अनुरोधमा परिषद्को बैठक बस्न लागेको हो । रुस परिषदको स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् । मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । उक्त विस्फोट दक्षि