मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक संकट समाधान भएको बताएका छन्।प्रदेश प्रमुखको कार्यालयमा आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग उनले सरकार गठनसँगै प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना टरेको बताए।मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सदभाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।&