अर्थ मन्त्रालयअन्तर्गत कार्यरत दुई सहसचिव राजेन्द्रदेव पाण्डे र पदम श्रेष्ठले नियमित अवकाशको समय नपुग्दै राजीनामा बुझाएका छन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठले अर्थसचिव घनश्याम उपाध्यायसमक्ष राजीनामा पेस गरेका हुन्। दुवै सहसचिव चालु आर्थिक वर्षभित्रै उमेरहदका कारण अनिवार्य अवकाशमा जाने अवस्थामा थिए। पाण्डे आगामी फागुन १० गते र श्रेष्ठ […]