बर्दिया – तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।
बाँकेको कोहलपुर बसपार्क नजिक गएकाे शनिवार बिहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया खिमा बोहराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तले आज साेमवार भुरीगाउँमा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका हुन् ।
उचित राहत, क्षतिपूर्ति र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्त...