नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा हिजाे बिहानदेखि बन्द राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन।
वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग बन्द भएको हो । बन्द भएको राजमार्ग ३० घण्टा बितिसक्दा समेत मर्मत हुन सकेको छैन।
हिलोका कारण ...