अझै पूर्ण रुपले सञ्चालनमा आएन पूर्व-पश्चिम राजमार्ग

नवलपरासी - लगातारकाे वर्षापछि आएकाे बाढीले डाइभर्सन बगाएर बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बिहीवार राति डाइभर्सन बगाएपछि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । करिब २९ घण्टापछि मर्मत गरेर आज बिहान २ बजेदेखि गाडी सञ्चालनको प्रयास गरे पनि गाडीहरू सहज रुपमा वारपार हुन नसकेको सिं...