शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्शन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका ४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवत