बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो । रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । रिलिज हुनुअघि दुवै आशीर्वाद लिन महाकाल पुगेका थिए तर बजरंग दलका कार्यकर्ताले रणवीर र आलियाको विरोध गरेका थिए ।यस कुराको पुष्टि गर्दै महाकाल प्रहरी चौकीका अधिकारीले उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको समाचार एजेन्सी पिटिआ