राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासकले भएको सहमति कार्यान्वयन नगरेकाले आन्दोलन गरेका हौं । बढुवा हुनका लागि तीन वर्षको सेवाअवधि पूरा गरेका कर्मचारी योग्य हुने गरी कर्मचारी नियमावली संशोधन गर्ने सहमति भएको थियो । पहिले चार वर्ष पूरा गरेपछि मात्र बढुवाका लागि योग्य हुने प्रावधान थियो । सञ्चालक समितिबाट पारित भएर त्यसअनुसार संशोधनका लागि अर्थ मन्त्रालयमा नियमावली पठाइसकिएको छ । भएको सहमतिअनुसार तीन वर्षको सेवाअवधि पूरा गरेका कर्मचारीलाई बढुवा गर्नुपर्ने थियो । तर, त्यसो नगरी मुख्य प्रशासकबाट नयाँ कर्मचारी माग गर्ने, मनोमानी हिसाबले परीक्षा सञ्चालन गराउनेलगायतका काम भए । त्यसैले यो आन्दोलन गर्नुपरेको हो । संस्थानको रकम नियमविपरीत गलत मनसायका साथ लगानी भएको छ । पदपूर्ति समितिलाई मनोमानी ढङ्गले सञ्चालन गरिएको छ ।
(राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय बीमा संस्थानका महासचिव
होमप्रसाद गौतमसँगको कुराकानीबाट)
वर्ष ६, अंक ५४, शुक्रवार, २५ कात्तिक, २०६७