मिटरब्याजीपीडित भन्छन्ः न्याय नपाएसम्म आन्दोलन जारी राख्छौँ

काठमाडौं। तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन्।काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी,महोत्तरी,सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित सामग्री

बारले बल्झायो नियमावली संशोधनको विवाद

संवैधानिक व्यवस्थाविपरीत न्याय परिषद् नियमावली संशोधन भएको भन्दै बदरको माग गर्दै नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना दिएको छ । बारको धर्नाका कारण आइतबार तय भएको परिषद् बैठक बस्न सकेन । नियमावली संशोधन रद्द नगरेसम्म आन्दोलन जारी राख्ने बारले जनाएको छ । २०८० असोज १ गते संशोधन भएको नियमावलीको व्यवस्था संविधान र प्रत्यायोजित विधायनविपरीत भएको भन्दै बारले विरोध जनाउँदै आएको छ । पछिल्लो पटक भने बारले चरणबद्ध आन्दोलन नै घोषणा गरेको हो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नियमावली संशोधनका विषयमा पटक पटकको ध्यानाकर्षणलाई बेवास्ता गरेकाले धर्ना दिएको बताउनुभयो । घिमिरेले चरणबद्ध रूपमा सेवाग्राहीलाई मर्का नपर्ने गरी सम्पूर्ण बार एकाइले आन्दोलनका कार्यव्रmम अघि बढाउने पनि जानकारी दिनुभयो ।

माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने मिटरब्याज पीडितको चेतावनी

काठमाडौँ- मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा […]

‘मिटरब्याज पीडितलाई न्याय नमिलेसम्म गाउँ फर्किदैनौं’ : अभियान्ता वाग्ले

काठमाडौं। पछिल्लो केहीदिन देखि विभिन्न जिल्लाका मिटरब्याज पीडितले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। यसैक्रममा देखापढीले मिटरब्याज पीडितसँगै आएकि अभियान्ता सरस्वती वाग्लेसँग कुराकानी गरेको छ। कुराकानीको क्रममा उनले सरकारले मिटरब्याज पीडितहरुलाई जबसम्म न्यान दिँदैन तबसम्म आन्दोलन जारी राख्ने बताएकी छन्। यसका साथै सरकारले तत्कालै पीडितहरुलाई सम्बोधन गर्ने गरि कानून बनाउनु पर्ने पनि बताएकी छन्।

‘न्याय खाेज्न काठमाण्डाै नै आउनुपर्ने ? सरकार नै नभएजस्ताे भयाे’

काठमाण्डाै – महोत्तरीको बर्दिवासबाट चैत २ गते मिटरब्याज पीडितविरुद्धको आन्दोलनका लागि हिँडेका पैदलयात्री चैत १२ गते काठमाण्डौ आइपुगेपछि उनीहरूको आन्दोलन जारी छ । काठमाण्डौको खुलामञ्चमा बसेर आन्दोलन गर्ने उनीहरूको मनसायलाई काठमाण्डौ महानगरले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि त्यस दिन खुला आकाशमुनि रात बिताएका उनीहरू भोलिपल्ट सिंहदरबार, माइतीघर हुँदै अनामनगरमा रहेकाे तमु बौद्ध तमु सेवा समितिमा बसिरहेका छन् । मिटरब्याज पीडितहरूसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली ...

यौनहिंसाको उजुरीमा हदम्याद हटाउन निरन्तर दबाब

काठमाडौं : महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूल नारासहित सो प्रदर्शन गरिएको हो। सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरुले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्। त्यस अवसरमा उनीहरुले ‘दया होईन, न्याय दे’,

बार एसोसिएसनको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले बुधबार पनि बिरोध प्रदर्शन गरेको छ ।बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ […]

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन् : अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए । ‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, […]

सभामुखले न्याय नगर्दासम्म आन्दाेलन जारी रहन्छ : विशाल भट्टराई

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमाले प्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्। सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनकाे भनाइ छ।नेता भट्टराईले भने, ‘संसदमा प्रस्तुत भएका बिजनेस वा एजेण्डाहरूप्रति भन्दापनि सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले आन्दोलनमा छौँ। उनले त्यो प्रवृत्ति नसच्याएसम्म, एमालेलाई न्याय नगरेसम्म आन्दोलन जारी नै रहन्छ।' संसदमा सत्तापक्ष र सभ