काठमाडौँ– नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दै थालेको आन्दोलन जारी रहने जनाएको छ। न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताएका हुन्। उनले आन्दोलनले एक सय दिन पूरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले […]