इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहको स्वागतमा महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरेको छ ।  जसमा अतिथि स्वागत एवं सत्कार समितिको संयोजकमा महेश काफ्ले, कार्यक्रम पुस्तिका, उपहारलगायत सामग्री तथा प्रतिवेदन समितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा एवं भ्रमण व्यवस्थापन समितिको संयोजक राजुनाथ पाण्डे संयोजक छन्।  यसैगरी मञ्च तथा औपचारिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा डा. शिवराज अधिकारी, मिडिया व्यवस्थापन एवं प्रचार प्रसार समितिको संयोजकमा नमराज ढकाल, खानपान र जिन्सी व्यवस्थापन समितिमा रविनमान श्रेष्ठ संयोजक छन्।  मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो । पाहुनाहरुको स्वागतमा महानगरपालिकाले बुधवार रात्री भोजको आयोजना गरेको थियो । असोज ६ गते विहान १० बजेर ३९ मिनेटमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । ९ गते विहान १० बजेर ३७ मिनेटमा इन्द्रध्वजोत्थान गरिनेछ । ११ गते विहीबार तल्लो टोलमा र १२ गते शुक्रबार माथिल्लो टोलमा कुमारी रथयात्रा हुनेछ । असोज १५ गते सोमबार नानिचा यात्रा हुनेछ । सोही दिन साँझ ८ बजेर १५ मिनेटको साइतमा इन्द्रध्वज पतन गराएपछि यस बर्षका लागि इन्द्रजात्रा समापन हुनेछ ।  कुमारीको रथ सजाउँदै कलाकार  काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भइसकेको र २ वटा पालिकासँग सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । सम्झौता गरेर सम्बन्ध स्थापना भइसकेका पालिकाहरुमा कोशी प्रदेश, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, नगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी वर्दाघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र सुदुरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका हुन् । मधेस प्रदेश, बारा जिल्लाको सिमरा नगरपालिका र गण्डकी प्रदेश, मनाङ् जिल्लाको डिस्र्‍याङ् गाउँपालिकासँग सम्बन्ध स्थापना गर्ने सम्बन्धमा निर्णय भइसकेको सम्झौता हुन बाँकी रहेको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले जानकारी दिए।  अन्तरराष्ट्रिय स्तरमा १६ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।  प्रस्तावित कार्यक्रमहरु  जात्रा अवलोकनका लागि असोज १० गते अतिथिहरु आउने छन् । ११ गते विहान काठमाडौँ महानगरपालिकाको भित्री सहरी क्षेत्रमा भएका सम्पदाहरुको अवलोकन भ्रमण हुनेछ । मध्यान्नमा अतिथिहरु कुमारी रथ यात्राको अवलोकनका लागि सहभागी हुनेछन् ।  १२ गते भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यस दिन हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनेछन् ।  संघसंस्थाहरुसँगको सम्बन्ध  महानगरपालिकाले अन्तरराष्ट्रिय ९ वटा संघसंस्थाको सदस्यता लिएको छ । ‘मानव बस्ती व्यवस्थापनका लागि स्थानीय तहहरुको क्षेत्रीय सञ्जाल, सिटी नेट, याकोहामा जापान’, ‘विश्व सम्पदा नगरहरुको संगठन (ओडब्लुएचसी) मोन्ट्रीयल क्यानडा’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी) बासिंलोना स्पेन’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी एस्पाक) जाकार्ता इन्डोनेसिया’, ‘स्थानीय पर्यावरण प्रवर्धनका लागि अन्तरराष्ट्रिय परिषद –आईसीएलआईई) टोरोन्टो’ को महानगर सदस्य नगर हो । यस्तै ‘ऐतिहासिक नगर संघ (एलएचसी) क्योटो जापान’, ‘प्रमुख महानगरहरुको अन्तरराष्ट्रिय एशोसिएसन (मेट्रोपोलिस) बार्सिलोना स्पेन’, ‘भूकम्प महानगरहरुको संस्था, हवाई, संयुक्त राज्य अमेरिका’ र ‘विश्व पर्यटकीय नगर महासंघ, वेइजिङ्, चीन’ को महानगरले सदस्यता लिएको छ ।  इन्द्रजात्रामा हुने सांस्कृतिक क्रियाकलापहरु यस बर्षका लागि इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । गुठी संस्थानले सार्वजनिक गरेको साइत तालिकाअनुसार, य:सिं (लिङ्गो) लिन भदौ ३१ गते विहान ११ बजेर ५० मिनेटको साइतमा गुठीयारहरु वन प्रस्थान गरे । त्यसै दिन बेलुका ९ बजेर ३४ मिनेटको साइतमा लिङ्गोका रुपमा प्रयोग गरिने रुख काट्ने (वृक्षकर्तन) भयो । यसरी काटिएको य:सिं (लिङ्गो) तानेर भोटाहिटी ल्याइएको छ ।  भोलि विहान (२०८० आश्विन ६ गते शनिवार, भाद्र शुक्ल द्वादशी) विहान १० बजेर ३९ मिनेटको साइतमा योसिं (इन्द्रध्वज) नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट असन, इन्द्रचोकहुँदै इन्द्रध्वज कालभैरवको मूर्ति भएको परिसरमा पुर्‍याइनेछ । ३३ फुट अग्लो इन्द्रध्वज आश्विन ९ गते मंगलवार विहान १० बजेर ३० मिनेटको साइतमा उठाइनेछ । इन्द्रध्वज गाडिएपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै यस दिन साँझमा पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा छ ।  इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् । जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ ।  श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ ।  यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । यस दिनको रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  असोज १२ गते माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।  २०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।  यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् । 

सम्बन्धित सामग्री

भगवती रथयात्रा अवलोकन गर्न लुम्बिनीका मुख्यमन्त्री चौधरी पाल्पा आउने

२०३ वर्ष लामो गौरवपूर्ण इतिहास बोकेको श्री ७ रणउजिरेश्वरी भगवती रथयात्राको दर्शन तथा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पाल्पा आउने भएका छन्।  भगवतीको महिमा र रथयात्रा अवलोकन गर्न मुख्यमन्त्री...

सम्पदा क्षेत्र अवलोकन गर्न ‘विशेष बस’ चलाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा […]

जापानी राज्यमन्त्री निर्वाचन अवलोकन गर्न नेपाल आउने

काठमाडौं : जापानका विदेश राज्यमन्त्री ताकेइ सुनसुके मंसिर ४ गते हुने आमनिर्वाचन अवलोकन गर्न नेपाल आउने भएका छन्।सुनसुके आमनिर्वाचनकै दिन नेपाल आइपुग्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ। उनी निर्वाचन पर्यवेक्षण टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन्।निर्वाचन पर्यवेक्षणमा आउन लागेका विदेशी पाहुनामध्ये उनी हालसम्मकै  उच्च  पदस्थ व्यक्ति हुन्। उनले सोमबारसम्म नेपालमा रहेर आमनिर्वाचनको अवलोकन गर्नेछन्। यसअघि  पूर्वसंसदीय उपमन्त्री होरी इवाओ सन् २०१७ मा नेपाल आएका थिए। जापा

कोरोना संक्रमणको जोखिम घटेसँगै चिडियाखाना अवलोकन गर्ने बढे

कोरोना संक्रमण दर घटेसँगै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ता बढ्दै गएका छन् । कोरोना संक्रमणको जोखिम घटेसँगै पर्यटकहरू बढ्दै गएका हुन् । चिडियाखाना प्रशासनका अनुसार हिजोआज दैनिक कम्तीमा १५...

चिडियाखाना अवलोकन गर्ने बढे

काठमाडौँको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ ।हिजो आज दैनिक कम्तीमा पनि एक हजार पाँच सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताए । उनले भने, “कोरोना सङ्क्रमण दर घट्दै गएकाले अहिले चिडियाखाना अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ, सबैभन्दा बढी युवा

राष्ट्रपति भण्डारी भोलि पोखरा आउने

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारी गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि भोलि पोखरा आउने भएकी छन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् । तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङकाअनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा अवलोकन गर्नेछिन्। त्यसअघि बिहान ११ बजे […]

राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन्। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत् मनाङ आइपुग्ने जानकारी दिए।

राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिए । जलव

महादेवको मूर्ति अवलोकन गर्न पर्यटकको भिड

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा निर्माण भइरहेको महादेवको मूर्तिको अवलोकन गर्न आउने पर्यटकको भिड लाग्न थालेको छ । दसैंको अवसरमा आन्तरिक पर्यटकहरुको यतिबेला पुम्दीकोटमा महादेवको मूर्ति अवलोकन गर्न भिड लाग्ने गरेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।सार्वजनिक बिदा र दसैंको अवसरमा दैनिक करिब ३ हजार भन्दा बढी पर्यटक पुम्दीकोट […]

चरा महोत्सवमा एक हजार बढी पर्यटकद्धारा अवलोकन

विश्व सीमसार क्षेत्रमा सुचीकृत जगदिशपुर तालमा गरिएको आठौँ चरा महोत्सवमा हजार बढी पर्यटकले चरा अवलोकन गरेका छन् । २५ औं सिमसार दिवसका अवसरमा गरिएको चरा महोत्सवमा चरा हेर्न आउने पाहँुनालाई नजिकबाट चरा हेर्नका लागि आयोजकले देखाईएको थियो ।...