काठमाडौं : हनुमानढोकास्थित कालभैरव अगाडि य:सिं ठड्याइएको छ। इन्द्रध्वजोत्थानसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। आजकै दिनदेखि चोकचोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको छ।
किम्बदन्ती अनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो। तर त्यहाँ पारिजात फूल नभएपछि इन्द्रकी आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन्। एक शक्तिशाली राजकुमारका नाताले इन्द्र पृथ्वी लोकमा…