देवताका राजा इन्द्रलाई चोर सावित गरी कान्तिपुरवासीले माग पूरा गर्न बाध्य पारेकोे दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। यसरी हेर्दा इन्द्रजात्रा पराजित इन्द्रको सम्मानमा आयोजित स्थानीय नागरिकको विजयको जात्रा हो। जात्रामा बाजागाजा, पल्टन, धिमे आदिको सुमधुर स्वरका बीच हर्षोल्लास हुन्छ। रथयात्रा र पूजाआजा सम्पन्न गरिन्छ। यस अवसरमा विभिन्न मुकुण्डो नाचका टोलीहरू आफ्नो कला प्रदर्शन गर्दै हिँड्छन्। तीमध्ये […]