ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.६९४.१०

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको पौने एक घण्टाको अवधिमा ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६९४ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५६ हजार २४८ कित्ता शेयर खरीद माग र विक्री ५ हजार ७७८ कित्ता रहेको छ । शेयरमूल्य वृद्धि भएसँगै उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २० करोड ८७ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।   

सम्बन्धित सामग्री

४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।

अपर तामाकोशीसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटको अवधिमा तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  अपर तामाकोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । पञ्चकन्या माईको शेयरमूल्य प्रतिकित्ता रू.३८८ दशमलव ४०,अपर तामाकोशीको रू.७०५ दशमलव ४० र तेह्रथुम पावरको रू.५८४ दशमलव ७० पुगेको छ ।

नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको १५ मिनेटको अवधिमा  नेपाल हाइड्रो डेभलोपर्स र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । तेह्रथुमको शेयरमूल्य प्रतिकित्ता रू. ४८३ दशमलव ३० र नेपाल हाइड्रो डेभलोपर्सको रू. ५७५ दशमलव ३० पुगेको छ ।

कालिका पावर र घलेम्दी हाइड्रोको शेयरमूल्यमा सकारात्मक सर्किट

साउन १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा कालिका पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कालिका पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४३ दशमलव ५० र घलेम्दी हाइड्रोको शेयरमूल्य रू.३८६ दशमलव १० पुगेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । उक्त अवधिसम्ममा मार्केट डेप्थमा कालिका पावरको ३२ हजार १०४ कित्ता शेयर खरीद माग र १६० कित्ता शेयर विक्री माग रहेको छ ।  त्यस्तै घलेम्दी हाइड्रोको भने ८०हजार ६९८ कित्ता शेयर खरीद माग र २७ कित्ता विक्री माग रहेको छ ।

ङादी ग्रुप पावरसहित ७ ओटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

साउन ७, काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीवार सात ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन लक्ष्मी उन्नती कोष, सीईडीबी हाइड्रोपावर, ङादी ग्रुप पावर,पोखरा फाइनान्स,माउण्टेन हाइड्रो नेपाल ,लक्ष्मी इक्विटी फण्ड र ग्लोबल आइमएई समुन्नत १ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो ।   ती सात ओटा कम्पनीमध्ये लक्ष्मी उन्नती कोष,सीईडीबी हाइड्रोपावर र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।  लक्ष्मी उन्नती कोषले इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेसँगै इकाई मूल्यमा वृद्धि भएको हो । यस कोषको इकाई मूल्य प्रतिइकाई रू.१५ दशमलव ६८ रहेको छ ।  त्यसैगरी सीईडीबी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ७५९ र ङादी ग्रुप पावरको रू. ६९४ दशमलव १० पुगेको छ ।  त्यस्तै पोखरा फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९५ प्रतिशत,माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ९५ प्रतिशत,लक्ष्मी इक्विटी फण्डको ९ दशमलव ५३ प्रतिशत र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्य ९ दशमलव ५० प्रतिशतले वृद्धि भएको हो ।  ती सात ओटै कम्पनीको शेयरमा बजार बढेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । त्यसैगरी लक्ष्मी इक्विटी फण्डले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषण गरेसँगै लगानीकर्ताको आर्कषण बढेको देखिन्छ ।  पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७१८,माउण्टेन हाइड्रो नेपालको रू. ४५३,लक्ष्मी इक्विटी फण्डको रू. १७ दशमलव ५८ र ग्लोबल आइएमई समुन्नतको प्रतिइकाई रू. २४ दशमलव २० पुगेको हो ।

सिनर्जी पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.५१४ पुग्यो

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन समोवार सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको  शेयरमूल्य प्रतिकित्ता रू. ५१४ पुगेको हो ।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३ लाख ८ हजार ४३२ कित्ता र विक्री माग ३३४ कित्ता रहेको छ ।

ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.६२७

साउन ३, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टा २० मिनेटको अवधिमा ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२७ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  मार्केट डेप्थमा कम्पनीको शेयरमा ६७ हजार ३७३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ५१ कित्ता मात्र रहेको छ ।