६ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाए सर्वाधिक

साउन १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार समान्य अंकले वृद्धि भएको छ ।  कारोबारमा आएका २२६ ओटा कम्पनीमध्ये छ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो  ।यो दिन अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । सोही कारण  हाइड्रोपावरका शेयरधनीले सर्वाधिक कमाएका छन् । यो दिन सर्किट लागेको छ ओटा कम्पनीमध्ये जीवन विकास लघुवित्त बाहेक पाँच ओटा हाइड्रोपावर कम्पनी रहेका छन् । यो दिन सिनर्जी पावर डेभलपमेण्ट लिमिटेड,कालिका पावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड,युनिर्भसल पावर कम्पनी लिमिटेड,ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  ती छ ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएको हो । विक्रेताभन्दा क्रेता धेरै भएकाले ती कम्पनीहरुको शेयरमूल्य बढेको हो ।  सिनर्जी पावरको शेयरमूल्य प्रतिकित्ता रू. ६६५ दशमलव ५०,कालिका पावरको रू.६४३ दशमलव ५०,घलेम्दी हाइड्रोको रू.३८६ दशमलव १०,युनिभर्सल पावरको रू. ४५३ दशमलव २०,ग्रीन लाइफ हाइड्रोको रू. ५३९ र जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८८ पुगेको हो । ती छ ओटा कम्पनीबाहेक अधिकांश हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । ङादी ग्रुप पावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९६९ दशमलव ८० पुगेको छ । त्यसैगरी सीईडीबी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६३ प्रतिशत र रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।  

सम्बन्धित सामग्री

४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।

मेगा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य रू. २४७.५०

जेठ १२, काठमाडौं । मेगा बैंक नेपालको शेयरमूल्यमा बिहीवार  सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४७ दशमलव ५० पुगेको हो ।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । सर्किट लागेसँगै कम्पनीको सर्वाधिक रू. ५ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

२.६२ % ले बढ्यो नेप्से परिसूचक, १२ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज २०, काठमाडौं । बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६२ प्रतिशतले बढेको छ । २ हजार ६१४ दशमलव ७४ विन्दुबाट शुरु भएको बजार ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ८१ लाख ८९ हजार ८९० कित्ता शेयरको ५५ हजार ३८५ पटकमा रू. ४ अर्ब ५० करोड ६ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कुल कारोबारमा आएका धितोपत्र मध्ये १२ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन वेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  त्यसैगरी रिडी हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य २  दशमलव १६ र १ दशमलव ४६ प्रतिशतले घटेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री सिटिजन्स बैंक इन्टरनेशनलको रू. २३ करोड ४ लाख ३७ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार १४० मा रू. १६ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचाक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५९ प्रतिशतले बढेको छ ।  त्यसैगरी, बैंकिङ समूहको परिसुचक १ दशमलव २५ प्रतिशत, व्यापार समूहको २ दशमलव ११ प्रतिशत, होटल्स एण्ड टुरिजम समूहको शून्य  दशमलव ९३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४ दशमलव ८२ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ४३ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशतले बढेको छ ।  यसैगरी उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ८९ प्रतिशत, अन्य समूहको १ दशमलव ८७ प्रतिशत, लघुवित्त समूहको ५ दशमलव ८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ६२ प्रतिशतका दरले वृद्धि भएको छ । यो दिन परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । साताको पहिलो र दोस्रो दिन घटेको नेप्से तेस्रो र चौथो दिन बढेको छ । करीब निराशाको अवस्थामा पुगेका लगानीकार्ताहरु बुधवार बजार बढ्दा उत्साहित बनेका छन् । चाडबाड नजिकिंदै गर्दा बजारले थोरै भएपनि सकामरात्मक गती लिएकाले लगानीकर्तालाई राहत मिलेको देखिन्छ ।

कालिका पावर र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट

साउन २०, काठमाडौं ।  साताको  चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कालिका पावर र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू.४३८ दशमलव ९० पुगेको छ । सो अवधिसम्ममा उक्त कम्पनीको शेयरमा सर्वाधिक १० लाख ३१ हजार २०३ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी कालिका पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४८ पुगेको छ ।

यूनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

साउन १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये घलेम्दी हाइड्रो लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  घलेम्दी हाइड्रोको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।   यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । घलेम्दीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ दशमलव १० र यूनियन लाइफ इन्स्योरेन्सको रू. ३९९  पुगेको छ । उक्त अवधिसम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्वाधिक १९ लाख ६ हजार ४६४ कित्ता शेयर खरीद माग रहेको छ ।

ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट, शेयरमूल्य प्रतिकित्ता रू.६९४.१०

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको पौने एक घण्टाको अवधिमा ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६९४ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५६ हजार २४८ कित्ता शेयर खरीद माग र विक्री ५ हजार ७७८ कित्ता रहेको छ । शेयरमूल्य वृद्धि भएसँगै उक्त कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. २० करोड ८७ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।