कात्तिक २३, काठमाडौैं । साताको दोस्रो कारोबार दिन मंगलवार तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६३ दशमलव २० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि खरीद माग ९१ हजार ३११ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।