साउन १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा कालिका पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कालिका पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४३ दशमलव ५० र घलेम्दी हाइड्रोको शेयरमूल्य रू.३८६ दशमलव १० पुगेको हो ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । उक्त अवधिसम्ममा मार्केट डेप्थमा कालिका पावरको ३२ हजार १०४ कित्ता शेयर खरीद माग र १६० कित्ता शेयर विक्री माग रहेको छ ।
त्यस्तै घलेम्दी हाइड्रोको भने ८०हजार ६९८ कित्ता शेयर खरीद माग र २७ कित्ता विक्री माग रहेको छ ।