कात्तिक १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको सवा एक घण्टाको अवधिमा पाँचथर पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६८ दशमलव ८० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २५ हजार ४३८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।