गोरखा : गत जेठ २३ गते गोरखा अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा शान्ति भुर्तेलको कार्यशैलीप्रति चिकित्सक र कर्मचारीहरू विरोधमा उत्रिए।विरोधमा उत्रिएका अस्पतालका ४९ जना कर्मचारी र स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारी र अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै डा भुर्तेललाई बर्खास्त गर्न माग गरे।कर्मचारी र स्वास्थ्यकर्मीहरूले बुझाएको ज्ञापन पत्रमा लेखिएको थियो- ‘हाल गोरखा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रुपमा कार्यरत डा शान्ति भुर्तेलको असक्षम र बदमासी पुर्