गोरखा : कारबाहीको डरले गोरखा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले स्वास्थ्यकर्मी र कर्मचारीलाई गरेको दुर्व्यवहारको अडियो लुकाइएको छ।मेसु डा शान्ति भुर्तेलले आफूविरुद्ध प्रमाण पुग्ने अडियो सार्वजनिक भएमा कारबाही गर्ने धम्की दिएपछि पीडित स्वास्थ्यकर्मीहरुले अडियो लुकाएका हुन्। ‘मेसुले केही समय अघि अस्पतालमा कार्यरत २३ जना स्वास्थ्यकर्मीहरुलाई बोलाएर जागिर खाइदिने, सरुवा गर्दिने, करारकालाई म्याद थप नगर्ने भन्दै धम्क्याएर दुर्व्यवहार गरेपछि स्वास्थ्यकर्मीहरु रोएको अडियो थियो। तर